काठमाडौं,
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १०६ ऋणीहरुको लागि सूचना निकालेको छ । डिप्रोक्स लघुवित्तले ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । कम्पनीबाट विभिन्न शिर्षकमा ऋण लिई सावाँ, ब्याज र तिर्नुपर्ने रकम आदि नतिरेपछि कम्पनीले सूचना जारी गरेको जनाएको छ । तोकिएको समयभित्र कर्जा चुक्ता नगरेमा कम्पनीले ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राख्न सिफारिस गर्ने र चल अचल सम्पत्ति रोक्का राख्ने बताएको छ ।
प्रतिक्रिया