काठमाडौं – प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ । धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित हुँदा आज बिहान काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि सुर्खेत डाइभर्ट गरिएको छ ।
धनगढीमा बाक्लो हुस्सुका कारण भिजिविलिटी भएपछि अवतरणमा समस्या आएको हो । एकाएक बाक्लो हुस्सु लागेर विमान अवतरण गर्न नसकेपछि विमान फर्किएका हुन् ।






About Us
प्रतिक्रिया