एनआईसी एशिया बैंकले घटायो ब्याजदर


काठमाडौं,

एनआईसी एशिया बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले माघ १ गतेदेखि लागु हुने गरी ब्याजदर घटाएर प्रकाशन गरेको छ । पुस महिनामा ८ दशमलव ६७ प्रतिशत रहेको बैंकको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर, माघ महिनादेखि ८ दशमलव ०६५ प्रतिशतमा झर्ने भएको छ। संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६ दशमलव ०६५ प्रतिशत कायम गरेको छ । पुस महिनामा संस्थागत निक्षेपमा ब्याजदर ६ दशमलव ६७ प्रतिशत थियो।