नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त हुने भएका छन् । आज बस्ने मन्त्रीपरिषद् बैठकले कार्कीलाई नियुक्ति दिने भएको हो ।
कार्कीले नेपाल राष्ट्र बैंकमा ३० वर्ष कार्य गरी कार्यकारी निर्देशकको रुपमा सेवा निभृत्त भएका थिए । कार्कीले ग्रामिण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ४ वर्ष कार्य गरेका थिए । कार्कीले त्रिभुवन विश्वविद्यालय नेपाल र अष्ट्रलियाको ग्रिफिट युनिभर्सिटिबाट स्नातकोत्तर गरेका छन् ।
केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषण लगायतका विषयहरुमा अन्तराष्ट्रिय तालिमहरु हाँसिल गरेका छन् ।
नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच जनाको नाम सर्ट लिस्टमा परेको थियो । कोषको रिक्त कार्यकारी निर्देशकका लागि पर्वत कुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पङ्गेनी, विश्व मोहन अधिकारी र डा. शिवहरि श्रेष्ठको नाम सर्ट लिस्टमा परेको हो ।
प्रतिक्रिया