हिमालयन रिको शेयर १०% ले बढ्यो, प्रतिकित्ता १६८ रुपैयाँ कमाए लगानीकर्ताले



काठमाडौं,
कारोबारमा आएको दोस्रो दिन मंगलबार पनि हिमालयन रिइन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ।

आज यस कम्पनीको शेयर १० प्रतिशतले बढेर ३७४.१० रुपैयाँमा कारोबार भइरहेको छ । यस कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको थियो ।

हिमालयन रिइन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १०६ प्रिमियम मूल्य थपेर २०६ रुपैयाँमा आइपीओ बिक्री गरेको थियो। यो हिसाबले यो दिनको अवधिमा शेयरधनीहरुले यो कम्पनीको शेयरबाट १६८.१० रुपैयाँ कमाएका छन्।