काठमाडौं,
माउन्टेन इनर्जी नेपालले पुस २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९\८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि दशमलव ७८९५ नगद लाभांश गरि कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।



About Us
प्रतिक्रिया