काठमाडौं,
हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार आजदेखि शुरु भएको छ । आज कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रु. ३०९.२० रुपियाँमा सुरु भएको हो ।
कम्पनीको शेयर हिजो पुस २२ गते आइतबार नेप्सेमा सूचीकृत भएसँगै आजबाट दोस्रो बजारमा कारोबार हुँदैछ ।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो। सोही रेञ्जका आधारमा आज कम्पनीको पहिलो कारोबार भएको हो।
नेप्सेले प्रतिकित्ता १०३.०७ रुपियाँदेखि ३०९.२१ रुपियाँ ओपनिङ रेन्ज निर्धारण गरेको थियो ।
कम्पनीको १० करोड कित्ता शेयर हिजो नेप्सेमा सूचीकरण भएको हो ।



About Us
प्रतिक्रिया