काठमाडौं,
सिटिजन्स बैंक इन्टरनेशनलले ७० हजार ४९० दशमलव ६१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले प्रतिशेयर १५० रूपैयाँ अंकित मूल्यमा अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री हुन नसकेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री प्रक्रिया अघि बढाएको हो । यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।



About Us
प्रतिक्रिया