काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत र व्यावहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय नलाग्ने बताएका छन् । कोहलपुर उद्योग वाणिज्य संघको दशौँ वार्षिक साधारण सभा तथा पच्चीसौँ स्थापना दिवस कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्र सुधारका लागि सरकारसँग आफुहरुले निरन्तर पहल गरेको जानकारी गराए ।
उनले भने, ‘पछिल्लो पटक उद्योग व्यवसायका क्षेत्रमा विविध समस्या छन् । साना ठूला सबै तहका उद्योग व्यवसायका लागि विविध खालका चुनौती छन् । उद्योग व्यवसाय गर्ने वातावरण बनाउन हामीले सरकारलाई पनि बारम्बार आग्रह गर्दै आएका छौं, विज्ञ लगाएर सुुझाव तयार गरी वुुझाएका पनि छौं । ती कुराहरू कार्यन्वयन हुनु पर्यो । ’
‘पछिल्लो समय ट्रङ तथा डेडिकेटेड लाइनको महशुल विवादले पनि उद्योगीहरु समस्यामा छन् । उद्योगहरुको डेडिकेटेड र टंकलाइनको पुरानो विवाद समाधान नहुँदै लाइन काटिएको छ । यसले औद्योगिक वातावरण विगार्छ । यसको समाधानका तत्काल एक उच्चस्तरिय आयोग वा संयन्त्रको माग गरेका छौ । यो समस्या कुनै एक निकायले समाधान गर्न सक्दैन ।’ अध्यक्ष ढकालले भने । उनले निजी क्षेत्र सम्मिलित आयोग बनाई त्यसबाट समाधान निकाल्नुपर्ने बताए ।
उनले भने, ‘यसरी काटिएको लाइन जोडन र थप नकाटन म आग्रह गर्दछु । यसले रोजगारी र राजश्वमा असर गरेको छ । मन्दीमा रहेको अर्थतन्त्रलाई थप प्रभावित बनाएको छ ।’ हामीले असोजमा राष्ट्रिय आर्थिक बहस आयोजना गर्यौ । त्यसमा अन्तरनिकाय समन्वय र नयाँ चरणको सुधारका लागि आयोग वा उच्चस्तरीय संयन्त्रको हामीले माग गर्यौ । सोही अनुरुप प्रधानमन्त्रीज्यूले सम्वाद परिषद व्युत्याउने घोषणा त गर्नुभयो तर वैठक भएको छैन्, उनले भने ।
अध्यक्ष ढकालले भने, ‘उद्योग मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले अन्तरनिकाय सम्मिलित राष्ट्रिय व्यापार सहजीकरण समितिको कार्यविधि बनाउन निर्देशन दिएका छन् । हामीले माग गरेको यही र यस्तै संयन्त्र हो । जसले सम्वेदनशील भएर उद्यमीका समस्या समाधान गरोस् । यो तत्काल बन्नुपर्यो र संयन्त्र निर्माण हुनुपर्यो । हाम्रो आग्रह छ ।’
यसका लायि महासंघले सातै वटा प्रदेशमा लगानी सम्मेलनको योजना पनि अगाडि सारेका जानकारी गराउदै कोहलपुरमा कुन कुन क्षेत्रमा लगानी ल्याउन सकिन्छ, उद्योग व्यवसायको सम्भाव्यता कतिको छ, यसमा गृहकार्य गर्न आग्रह गरे । लगानीका अवसर पहिचान गर्न सक्यौ भने लगानीको खांचो हुने छैन नहुने उनले स्पष्ट पारे ।



About Us
प्रतिक्रिया