पाँच महिनामा जीवन बीमा कम्पनीहरुले गरे ६१ अर्ब बढीको कारोबार, नेपाल लाइफ अग्रस्थानमा


काठमाडौं,

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा चालू आर्थिक वर्ष २०८०र०८१ को मंसिर महिनासम्म जीवन बीमा कम्पनीहरुले ६१ अर्ब ७५ करोड ८० लाख बीमा शुल्क संकलन गरेको उल्लेख छ ।

पाँच महिनामा कम्पनीहरुले नवीकरण बीमा शुल्कमार्फत ५० अर्ब ७७ करोड ३८ लाख रुपैयाँ र प्रथम बीमा शुल्कमार्फत १० अर्ब ९८ करोड ४१ लाख रुपैयाँ संकलन गरेका छन् ।

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १६ अर्ब ७६ करोड ८ लाखको बीमा शुल्क संकलनका साथ शीर्ष स्थानमा रहेकोे छ ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले ७ अर्ब १६ करोड २३ लाख रुपैयाँ, एलआईसी इन्स्योरेन्सले ६ अर्ब ९२ करोड १ लाख, हिमालयन लाइफले ६ अर्ब ७९ करोड ९० लाख, राष्ट्रिय बीमा सस्थानले ४ अर्ब ५२ करोड ५० लाख, सूर्यज्योति लाइफले ३ अर्ब ४५ करोड ८४ लाख, एशियन लाइफले ३ अर्ब २ करोड ४५ लाख,

त्यस्तैगरि, सानिमा रिलायन्स लाइफले २ अर्ब ३६ करोड ९२ लाख, सटिजन लाइफले २ अर्ब २३ करोड ९२ लाख, मेट लाइफले २ अर्ब १९ करोड २७ लाख, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६७ करोड ६० लाख, आइएमई लाइफले १ अर्ब ६३ करोड ७८ लाख, रिलायबल नेपाल लाइफले १ अर्ब ५३ करोड १९ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ४४ करोड ९३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।