न पाकेट मार्छ न ताला तोड्छ, तिमीसँगै कुरा गरेर तिम्रै पैसा चोर्छ, के हो ?


काठमाडौं-पछिल्लो समय डिजिटल अपराध बढ्दै जाँदा भविष्यमा हुनसक्ने ठुलो आर्थिक क्षतीबाट बच्न राष्ट्र बैंकले एक सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमार्फत केन्द्रीय बैंकले सबैलाई सजकताका साथ प्रविधिको प्रयोग गर्न आम सर्वसाधरणलाई अनुरोध गरेको हो ।
भिडियो

केन्द्रीय बैंकले ह्वाट्स एप, भाइबरमा चिठ्ठा परेको भन्दै आउँने मेसेजहरुबाट आफै जोगिनुपर्ने बताएको छ । बैंकको कर्मचारी हुँ भन्दै फोन गरेर, ओटीपी, पासवर्ड र मोबाइल बैंकिङ्गको लग इन आईडी माग्दै ठगी गर्ने धन्दा बढेको हुँदा कारोबारको समयमा उच्च सजकता अप्नाउन उक्त सन्देशमुलक भिडियोमार्फत सन्देश दिएको छ ।

केन्द्रीय बैंकले यदि कसैले बैंक तथा वित्तीय संस्थाको कर्मचारी भन्दै वा केवाईसी अपडेट गर्न भनी ओटिपी, पासवर्ड र लग इन आईडि मागेमा नदिई तत्काल सम्बन्धित संस्थामा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । बैंकले कुनैपनि बैंक तथा वित्तीय संस्था वा भुक्तानी कारोबार गर्ने संस्थाले यस्ता गोप्य विवरण कसैलाई पनि नमाग्ने उल्लेख गरेको छ ।