काठमाडौं,
नेपाल बीमा प्राधिकरणले दसौँ चरणको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको मिति तय गरेको छ। प्राधिकरणले फेरि पुस २० गतेबाट पुस २६ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । यो दसौँ चरणको अनलाइन परीक्षा हुनेछ।
पुस २२ गतेदेखि पुस २६ गतेसम्मको परीक्षा भने बिहान ८ः३० बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।
प्राधिकरणका अनुसार पुस २० गते दिउँसो १ः३० बजेदेखि ३ बजेसम्म र शनिबार बिहान ११ बजेदेखि मध्याह्न १२ः३० बजेसम्म, दिउँसो १ बजेदेखि २ः३० बजेसम्म र दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म हुनेछ।
प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्रै इजाजत दिने व्यवस्था भएबमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको मिति सार्वजनिक गरेको हो।



About Us
प्रतिक्रिया