काठमाडौं– पुस ११ गतेदेखि ‘फोर्स लिभ’ मा बसेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल बुधबार बोर्डमा हाजिर भएका छन । उनी ११ पुसदेखि १७ पुस सम्म बिदामा बसेका थिए । उनी आफ्नो कार्यकालको ३ दिनमात्रै बाँकी रहँदा (बुधबार पुस १८ गते) काममा फर्किएको नेपाल धितोपत्र बोर्डका सुचना अधिकारी तेज प्रसाद देवकोटाले बैंकिङ्ग समाचारलाई जानकारी दिए । अध्यक्ष हमालको कार्यकाल पुस २० गते सकिँदैछ ।
कार्यकाल सकिनुअघि एक हप्ता बिदामा बसेका हमालले कार्यकालको अन्तिम समयसम्म पनि कार्यलयमा हाजिर भइरहँदा उनी फेरि पनि बोर्डको अध्यक्षमा दोहोरिन सक्ने आशंका गरिएको छ ।
पछिल्लो समय सेयर बजारमा देखिएको सकरात्मक प्रभाव, आईपीओ निस्कासन व्यवस्थापन, ब्रोकर लाइसेन्स वितरण जस्ता जटिल समस्याहरुलाई पार लगाउन उनको भुमिका उल्लेखिय देखिँदा उनी फेरि बोर्डमा आउने सम्भावना बढेको छ ।
लामो समय खर्चिने जटिल नियुक्ती प्रक्रिया, मुलुकले भोगिरहेको आर्थिक मन्दी र सेयर बजारको गतिशिलतालाई ध्यानमा राख्दै सरकार तथा अर्थ मन्त्रालयले उनलाई फेरि अध्यक्ष पदमा दोहोर्याउन सक्ने सम्भावना बढ्दो छ । त्यसैले पनि उनी आफ्नो कार्यकाल सकिनै लाग्दा पनि लगानीकर्ता र सेयर बजारको हितमा काम गरिरहेको हुनसक्ने प्रक्षेपण सरोकारवालाहरुले गरेका छन ।
यद्यपी हमालले भने आफु फेरि पनि दोस्रो कार्यकालका लागि बोर्डमा दोहोरिने इच्छा भने व्यक्त गरेका छैनन ।



About Us
प्रतिक्रिया