७५३ स्थानीय तहमध्ये ७४९ तहमा पुगे वाणिज्य बैंकका शाखा

७५३ स्थानीय तहमध्ये ७४९ तहमा पुगे वाणिज्य बैंकका शाखा


बैकिङ्ग समाचार । 
 कुल ७५३ स्थानीय तहमध्ये २०७७ पुससम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको आर्थिक तथा वित्तीय  अवस्था सार्वजनिक गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । 

हाल बैंक शाखा पुग्ने क्रममा रहेका स्थानिय तहहरु ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका, धादिङ जिल्लाको रुवी भ्याल्ली, जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिका रहेका छन् । केन्द्रीय बैंकका अनुसार २०७६ पुससम्म ७४५ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । 

\"\"