सेयर

नयाँ वर्षको पहिलो दिनमै ८.७ अंकले घट्यो सेयर बजार, २०६० अंकमा नेप्से

नयाँ वर्षको पहिलो दिनमै ८.७ अंकले घट्यो सेयर बजार, २०६० अंकमा नेप्से


काठमाडौं–अंग्रेजी नयाँ वर्षको पहिलो दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ८.७५ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०६० अंकमा कायम भएको छ ।

यसअघि पनि चार कारोबार दिनसम्म नेप्से घटेको थियो । गत बिहीबार ४ अर्ब २९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको कारोबार भयो । कुल ७७ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने १० को स्थिर रह्यो । आज सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हाथवे इन्भेष्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपावर कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । आज बिपीडब्लू लघुवित्त ८.१८ प्रतिशत, न्यादी हाइड्रोपावर ७.७० प्रतिशत, सानिमा ग्रोथ फन्ड ७.१० प्रतिशत र लक्ष्मी लघुवित्तको सेयर मूल्य ६.५५ प्रतिशतले बढेको छ ।

समग्र बजार घट्दा पनि उत्पादन र लगानी समूहमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । यी दुबै समूह १–१ प्रतिशत बढे । जलविद्युत् समूह भने सबैभन्दा धेरै १.७ प्रतिशत घट्यो । बैंकिङ्ग ०.१५, विकास बैंक ४.१९, लगानी ०.८३, उत्पादन ६३ र ब्यापार १३ अंक बढे । फाइनान्स १४, होटल तथा पर्यटन ९६, जलविद्युत् ४१, जीवन बीमा १८०, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा ८६ र अन्य समूह ५ अंक घटे ।

सीईडीबी हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, हाथवे इन्भेस्टमेन्ट कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । बीपीडब्लू लघुवित्तको ८ तथा न्यादी हाइड्रोपावरको ७.७ प्रतिशत मूल्य बढ्यो । त्यस्तै मोलुङ हाइड्रोपावर कम्पनीको मूल्य ८ प्रतिशत घट्यो । मनकामना इन्जिनियरिङ कम्पनीको ६.५, मैलुङखोला जलविद्युतको ६.५, तारागाउँ रिजेन्सीको ६.५ र अपर हेवाखोलाको ६.३ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, सानिमा जीआईसी इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।