बैंकिङ्ग समाचार, काठमाडाैं- सर्वाेच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरूद्ध परेकाे रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश सुष्मालता माथेमाको इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिन भने अस्वीकार गरेकाे हाे ।
गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
राष्ट्र बैंकको गभर्नर बन्न स्नातकोत्तर गरेको हुनुपर्ने व्यवस्था छ ।
तर गभर्नर अधिकारीले सीए गरेको र सीएको उपाधिले हालसम्म पनि स्नातकोत्तर सरह मान्यता नपाएकोले गभर्नरको नियुक्ति बदर गर्न रिटमा माग गरिएको थियाे ।



About Us
प्रतिक्रिया