गर्भनर अधिकारीविरुद्धको रिटमा आज सुनुवाइ


बैंकिङ्ग समाचार, काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ ।

गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

राष्ट्र बैंकको गभर्नर बन्न स्नातकोत्तर गरेको हुनुपर्ने व्यवस्था छ ।

तर गभर्नर अधिकारीले सीए गरेको र सीएको उपाधिले हालसम्म पनि स्नातकोत्तर सरह मान्यता नपाएकोले गभर्नरको नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ । योग्यता नपुगेकाले अधिकारीलाई गभर्नर नियुक्त गर्ने मिति २०७६/१२/२४ को निर्णय बदर गर्न रिटमा माग गरिएको छ ।