ट्विटर कम्पनीले वाचागरे अनुसारको बोनस नदिएको आरोप लगाउदै उक्त कम्पनीका कर्मचारीहरुले एलन मस्क बिरुद्ध मुद्दा दायर् गरेक छन । गत शुक्रबार मुद्दा खारेज गर्न ट्विटरले गरेको प्रस्ताव न्यायाधीशले अस्वीकार गरिदिएका छन।
अर्बपति एलन मस्कले अक्टोबर २०२२ मा ट्विटरलाई खरिद गरेपछि कम्पनीले कर्मचारीहरूलाई वार्षिक बोनस दिन असफल भएको आरोप लगाइएको छ। सम्झौताको अनुसार कर्मचारीहरूले बोनसको लागि बारम्बार आवाज उठाएपनि उनीहरूको माग ट्विटरले नसुनेको बताइन्छ।
कम्पनीका वरिष्ठ क्षतिपूर्ति निर्देशक मार्क शोबिंगरलेले यो मुद्दा सन् फ्रान्सिस्को संघीय अदालतमा दायर गरेका थिए तर गत मेमा ऊनले आफ्नो पदबाट राजिनामा दिएका छन। उक्त मुद्दामा हाल काम गर्ने कर्मचारीहरू र सन् २०२२ मा बोनस नपाएका कर्मचारीहरूको लागि क्षतिपूर्तिको माग गरिएको छ।
ट्विटरको विरुद्ध स्कोबिंगरको मुद्दा प्रशंसनीय भएको र यसलाई अगाडि बढाउन गत हप्ताको अन्त्यमा संघीय न्यायाधीशले अनुमति दिएका थिए। ट्विटरले क्यालिफोर्नियाको कानून अन्तर्गत उनीलाई बोनस तिर्ने प्रस्ताव राखेर उक्त मुद्धामा सम्झौता गरेको कारण अब यो वाध्यकारी सम्झौता बनेको अमेरिकी जिल्ला न्यायाधीश भिन्स छाबरियाले शुक्रबारको फैसलामा बताए।
यस सम्बन्धमा सिएनएनले ट्विटर सँग प्रतिक्रय माग्द कुनै पनि जवाफ नआएको बताइन्छ। ट्विटर आफ्नो मौखिक वाचाप्रति वाध्यकारी नहुने बताउदै यो मुद्दाको सुनुवाइ टेक्सासमा हुनुपर्ने तर्क राखीरहेको छ तर न्यायाधीशले भने सम्झौता लागू गर्नुपर्ने वा क्यालिफोर्नियाको कानून लागू हुने बताएको छन।
मस्कले ट्विटर अधिग्रहण गरिरहेको बेला र अधिग्रहण गरिसके पछि पनि ट्विटरका उच्च अधिक्रितहरुले बारम्बार कर्मचारीहरूलाई सन् २०२२ को बोनसको ५०% भुक्तानी गर्ने वाचा दोहोर्याइएको, कम्पनीका कर्मचारीहरूको गुनासो छ।
स्कोबिन्गरले मेमा कम्पनी छोड्नुको कारण पनि ट्विटरले कर्मचारीहरूलाई गरेको विभिन्न वाचा र बोनस दिन असफल हुनु कारक भएको बताइन्छ।



About Us
प्रतिक्रिया