बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न ३५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । बैंकले पुस ११ गते बुधबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले पुस ११ गते दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति पुस २५ गते तोकिएको छ। यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।



About Us
प्रतिक्रिया