बैंकिङ्ग समाचार, काठमाडौं । हिमालयन बैंकले साधारण सेयर थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ ।
बैंकले आगामी पुस २९ गते ३१ औं वार्षिक साधारणसभा बोलाएको छ । सभामा एफपीओको मूल्य निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।
थप सार्वजनिक निष्काशन हुने साधारण सेयरको संख्या निर्धारण गर्न र सोको अङ्कित मूल्यमा प्रिमियमसमेत थप गरी जारी हुने सेयरको प्रिमियमसहितको मूल्य निर्धारण गर्न, थप सार्वजनिक निष्काशन गरिसकेपछि बैंकको जारी तथा चुक्ता पूँजीमा वृद्धि हुनेछ। सोही बमोजिम जारी तथा चुक्ता पूँजी कायम गर्न र थप सार्वजनिक निष्काशनपश्चात् साधारण सेयरधनी समूहको स्वामित्व प्रतिशत वृद्धि हुने र संस्थापक शेयरधनी समूहको स्वामित्व प्रतिशत घट्ने भएकाले सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने बैंकले जनाएकाे छ।
बैंकले गत आर्थिक वर्ष २०७९/८० काे नाफाबाट सेयरधनीलाई लाभांश भने नदिने भएकाे छ ।



About Us
प्रतिक्रिया