बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश वितरण गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता नं. अद्यावधिक गराएका शेयरधनीलाई लाभांश वितरण गरेको हो ।
यस बैंकको मंसिर २८ गते सम्पन्न भएको १७ औं वार्षिक साधारणसभाले गत आवको नाफाबाट शेयरधनीलाई ८ प्रतिशत र सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश बैंकले शेयरधनीको खातामा मंसिर २८ गतेदेखि आईपीएसमार्फत् जम्मा गरेको जनाएको छ ।



About Us
प्रतिक्रिया