प्रभु बैंकको १७ लाख कित्ता शेयर बिक्रीमा



बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंकको १७ लाख ७१ हजार ७३५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनीका संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको हो ।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।