माछापुच्छ्रे बैंकको सिईओमा सन्तोष कोइरालाको कार्यकाल थपियो


माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष कोइराला दोस्रो कार्याकालका लागि पुनः नियुक्त भएका छन् ।

५ पुस बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालाई थप चार वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । कोइरालासँग बैंकिङ क्षेत्रको साढे २ दशक भन्दा लामो अनुभव छ ।