काठमाडौं– साताकाे पाँचाैँ काराेबार दिन बिहीबार सेयर बजारमा ‘करेक्सन’ आएको छ । माैद्रिक नीतिकाे समीक्षापछि मंसिर २६ यता निरन्तर बढेकाे सेयर बजार सात दिनपछि दाेहाेराे अंकले घटेकाे छ।
बुधबार ३५ दशमलव ३९ अंकले बढेकाे नेप्से परिसूचक आज ३२ दशमलव ७७ प्रतिशतले घटेर २ हजार १०९ दशमलव १ बिन्दुमा बजार बन्द भएकाे छ।
यस दिन काराेबार रकम पनि घटेकाे छ। बुधबार ७ अर्ब ९५ कराेड रूपैयाँकाे सेयर काराेबार भएकाे बजारमा आज ६ अर्ब २७ कराेड रूपैयाँकाे १ कराेड ७१ लाख ७२ हजार १४९ कित्ता सेयर खरिद-बिक्री भएकाे छ।
बिहीबार सबैभन्दा बढी सूर्यज्याेति जीवन बीमा कम्पनीका लगानीकर्ताले ७ दशमलव ४४ प्रतिशतले घाटा बेहाेरेका छन्। यस्तै उन्नति सहकार्य लघुबित्त वित्तीय संस्थाकाे ७ दशमलव २६, ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाकाे ६ दशमलव ८१ र युनियन हाइड्राेपावरकाे ६ दशमलव ५२ प्रतिशतले सेयर घटेकाे छ।
आज बाेटलर्स नेपाल, आशा लघुवित्त वित्तीय संस्था, धाैलागिरी लघुवित्त वित्तीय संस्था, बीपीडब्लू लघुवित्त वित्तीय संस्था र चिरख्वा हाइड्राेपावरका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन्।






About Us
प्रतिक्रिया