बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ७८ हजार ८६५ कित्ता शेयर आज पुस ४ गते देखि बिक्री खुला गरेको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।
शेयर खरिद गर्न इच्छुक जो–कोहीले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी न्यूनतम ५ हजार र अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत कबोल गरी बबरमहल काठमाडौंमा पुस १३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।






About Us
प्रतिक्रिया