बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बीमा प्राधिकरणले अनलाइन माध्यमबाट लिन थालेको परीक्षाबाट हालसम्म १ हजार ८५ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्। पाँचौँ चरणमा गत मंसिर २९ गतेदेखि मंसिर ३० गतेसम्म सञ्चालित अनलाइन परीक्षाबाट थप ३५९ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्।
योसँगै अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गर्नेको संख्या १ हजार ८५ पुगेको छ। यसअघि पहिलो चरणमा २१९ जना, दोस्रो चरणमा १७६ जना, तेस्रो चरणमा ११६ जना र चौथो चरणमा २१५ जना गरी ७२६ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका थिए।
प्राधिकरणले वितरण गरेको प्रमाणपत्रमा बीमा ऐन २०७९ को दफा ९२ उपदफा २ को व्यवस्थाबमोजिम बीमा मध्यस्थकर्ता ९अभिकर्ता०को इजाजतपत्रका लागि प्राधिकरणद्वारा सञ्चालित जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा सहभागी भई उत्तीर्णांक प्राप्त गरेमा प्रमाणपत्र प्रदान गर्दै जाने प्राधिकरणले जनाएको छ।



About Us
प्रतिक्रिया