काठमाडाैं- सर्वोच्च अदालतले एनसेल खरिद–बिक्री प्रकरणविरूद्ध परेकाे रिटमा कारण देखाऊ आदेश जारी गरेकाे छ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गत मंसिर २२ मा दायर गरेकाे रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतले कारण देखाऊ आदेश जारी गरेका हुन्।
अदालतले पुस १६ मा दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ।
सतिशलाल आचार्यको स्पेक्ट्रलाइट कम्पनीले गत मंसिर १५ मा एनसेलकाे ८० प्रतिशत सेयर खरिद गरेकाे थियाे। कम मूल्य निर्धारण गरी सेयर खरिदबिक्री गरेर कर छली गरेकाे आरोप एनसेलमाथि लागेकाे छ।
मंगलबार मात्रै सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने कर रकम असुल उपर गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।
समितिकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै सेयर प्रकरणमा गडबड भएकाे लागेपछि अनुसन्धान भइरहेकाे र कर छलेकाे भेटिए कारबाही हुने बताएका थिए ।



About Us
प्रतिक्रिया