बैंकिङ्ग समाचार, काठमाडौं ।
नेप्से उच्च अंकले वृद्धि भएको छ। नेप्से उकालो लाग्दा २१ को विन्दुमा नेप्से कायम भएको छ ।नेप्से ४५.९८ अंकले बढ्दा २१०६.४८ को विन्दुमा कायम भएको छ । सूचीकृत ३१३ कम्पनीको १ करोड ६४ लाख ५७ हजार १ सय ३८ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब ९८ करोडको शेयर कारोबार भएको छ।सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ।
आज होटल एण्ड टुरीजम सेक्टर र उत्पादमूलक क्षेत्र सबैभन्दा धेरैले बढेको छ। यो दिन शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै ३७ करोड ४३ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ। उच्च कारोबार गर्ने शीर्ष १० मा ३ वटा जीवन बीमा कम्पनी पर्न सफल भएका छन्।



About Us
प्रतिक्रिया