नबिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


काठमाडाैं- नबिल बैंकको ३० लाख इकाई भएको ऋणपत्रमा आवेदन दिने मिति आज मंगलबार सकिँदै छ । आज कार्यालय समयसम्ममा आवेदन दिनसकिने जानकारी बैंकले दिएकाे छ।

बैंकले मंसिर २९ गते देखि ३ अर्ब बराबरकाे ऋणपत्र बिक्री खुला गरेको थियो । प्रतिएकाई एक हजार रुपैयाँका दरले बैंकले ३० लाख ऋणपत्र जारी गरेको हो । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

नबिलले ७ वर्ष अवधिको ‘९५ नबिल डिबेन्चर २०८७’ जारी गरेको हो । यसमा वार्षिक ९ प्रतिशत ब्याजदर दिने बैंकले जनाएकाे छ ।

ऋणपत्रकाे बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गरिरहेकाे छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिने बैंकले जनाएकाे छ ।