प्राइम कमर्सियल बैंकले यस वर्ष लाभांश वितरण नगर्ने


काठमाडाैं- प्राइम कमर्सियल बैंकले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का नाफाबाट लाभांश वितरया नगर्ने निर्णय गरेको हो।

बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन स्वीकृत गरेर नेपाल राष्ट्र बैंकमा पेस गरेको छ। स्वीकृतिपश्चात कम्पनीले सो वित्तीय विवरण बैंकको वार्षिक साधारणसभामा पेस गर्ने निर्णय समेत गरेको छ ।