हिमालयन रिको आईपीओमा आवेदन दिने म्याद थप

हिमालयन रिको आईपीओमा आवेदन दिने म्याद थप


बैंकिङ्ग समाचार, काठमाडौं ।

हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशसन तथा बिक्री खुला गरेको आईपीओ ढिलोमा पुस ११ गते बन्द हुनेछ । कम्पनीले आईपीओमा आवेदन दिने म्याद थपिएको छ ।

कम्पनीले आवश्यक संख्यामा आवेदन प्राप्त भएको खण्डमा भने सो सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरी निष्कासन खुल्ला भएको ४ कार्यदिन पश्चात् कुनै पनि दिन निष्कासन तथा बिक्री बन्द गरिने सूचनामा उल्लेख गरेको छ ।

यस कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत तीन अर्ब रुपैयाँ बराबर प्रतिशेयर १०० रुपैयाँ अंकित दरका तीन करोड कित्ता साधारण शेयरमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति शेयर २०६ अंकित मूल्यमा ६ अर्ब १८ करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याएको छ ।