नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख संस्थापक शेयर विक्रीमा



बैंकि समाचार, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजबाट ५ लाख २३ हजार ११२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ५ लाख २३ हजार ११२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यामान संस्थापक शेयरधनी, जो कोही व्यक्ति, संघ संस्थाले आवेदन दिन सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकिएको छ ।

सो शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक वा अन्य जो–कोहीले पुस ६ गते कायाृलय समयभित्र विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । खरिदकर्ताले न्यूनतम ५० हजार कित्ता र अधिकतममा सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सक्नेछन् ।