कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी नियुक्त



बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी नियुक्त भएका छन् । करिव १७ वर्ष को बैकिङ अनुभव भएका सुवेदीले शुक्रवार आफ्नो पद वहाली गरेका हुन् ।

स्वागत तथा पदवहाली कार्यक्रममा प्रमुख व्यवसाय अधिकृत सुवेदीलाई बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले सुवेदीलाई स्वागत गरेका हुन् ।

उक्त स्वागत तथा पदवहाली कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल लगायत अन्य उच्च पदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो ।