काठमाडौँ–अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोमी पावेलले अमेरीकामा आर्थिक मन्दी सुरु भइरहेको र केन्द्रीय बैंक अझैसम्म पनि त्यसबाट मुक्त हुन नसकेको बताएका छन । पावेलले भने ‘अहिले अमेरिकी अर्थतन्त्रमा आर्थिक मन्दी नभएको र आगामी वर्ष मन्दी हुने सम्भावना रहेको छ । यहाँ लक्ष्य भन्दा माथि मुद्रास्फीतिको दर हुँदा आर्थिक दृष्टिकोणको हिसाबले अनिश्चितता छ । गत वर्ष सुरु भएको केन्द्रीय बैंकको क्युमुलेटिभ संचयी दर (bank’s cumulative rate) वृद्धिको पूर्ण प्रभाव अर्थतन्त्रमा अझै महशुस हुन सकेको छैन।’
पावेलले उपभोक्ताहरूको चरम निराशाका बाबजुद अमेरिकी अर्थतन्त्र हाल मन्दीमा छ भन्ने धारणालाई पछाडि धकेले र भने, ‘अब अमेरिकी अर्थतन्त्र मन्दीमा छ भनेर नकार्न सकिँदैन।’

अमेरिकामा अहिले बेरोगारीको समस्या नभएको र मुद्रास्फीति दर पनि केही शान्त भएको देखिन्छ । तर अध्यक्ष पावेल भन्छन, ‘बेरोजगारी दरमा नबढेको र मूल्यवृद्धि पनि शान्त त छ । तर यो भन्दैमा आगामी वर्ष आर्थिक मन्दी नहोला भन्न सकिँदैन । अमेरिकी फेडरल रिर्जर्भले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिपश्चात अध्यक्ष पावलले त्यहाँका पत्रकारहरुसँग कुरा गर्दै भनेका छन, ‘अहिले नै हामी आर्थिक मन्दीको असरबाट उम्कियौँ भनेर विजयको घोषणा गरेका छैनौँ ।’



About Us
प्रतिक्रिया