शुक्रबार पनि सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?


बैंकिङ्ग समाचार, काठमाडौं ।

शुक्रबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले बढेको हो ।

छापावाल सुनको मूल्य आज तोलामा १ लाख १९ हजार १०० रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य भने तोलामा १ लाख १८ हजार ५५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । विहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्यमा समेत फेरबदल भएको छ । हिजोको तुलनामा आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । योसँगै आज चाँदीको कारोबार मुल्य प्रतितोला १४ सय ७० रुपैयाँ रहेको छ । हिजो यसको बिक्री मूल्य तोलामा १४ सय ५५ रुपैयाँ थियो ।