बैंकिङ्ग समाचार, काठमाडौं ।
बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको रु. ३२ लाख बराबरको अवैध सामान बरामद भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो ।
खजुरा गाउँपालिका–६ सिमलघारीमा जाँच गर्ने क्रममा भे१च २३५७ नम्बरको ट्रकमा अवैधरुपमा नेपाल ल्याउँदै गरेको सामान फेला परेको गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीले जानकारी दिए । ट्रकसहित रु. १४ लाख ७० हजार बराबरको लत्ताकपडा, एक लाख ४० हजारको पित्तलकाे मूर्ति, भाँडावर्तन र सजावटका सामग्री बरामद गरिएकाे उनले बताए ।
ट्रक चालकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–५ का ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन् । उनीहरूलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयलाई बुझाइएको छ ।



About Us
प्रतिक्रिया