‘फोन पे’ को अध्यक्षमा जोशी नियुक्त

‘फोन पे’ को अध्यक्षमा जोशी नियुक्त


काठमाडौं- ‘फोन पे’को अध्यक्षमा सशिन जोशी नियुक्त भएका छन् । विश्वास ढकालले अध्यक्ष पदबाट राजीनामा दिएपछि सञ्चालक समितिकाे बैठकले जाेशीलाई अध्यक्षमा नियुक्त गरेकाे हाे ।

बिहीबार कार्यभार सम्हाल्दै जोशीले कम्पनीलाई थप उचाइमा पुर्याउने बताए। सञ्चालक समिति सदस्यका रुपमा विगत दुई वर्षदेखि कम्पनीमा आवद्ध जोशीलाई कम्पनीले अध्यक्षमा नियुक्त गरेको हो ।

जोशीले यसअघि नबिल बैंक र एनआईसी एसिया बैंकमा सीईओको कार्यभार सम्हालिसकेका छन् । बैकर्स संघको अध्यक्ष समेत भएका उनले नेपाल अरब बैंक (हाल नबिल) बाट करियर सुरु गरेका थिए । उनीसँग स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेको अनुभव पनि छ ।

भुक्तानी प्रदायक कम्पनी फोन पेका देशभर करिब १ करोड ८० लाख ग्राहक रहेका छन् ।