सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब १५ करोडमाथिको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।

शेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार सामान्य अंकले वृद्धि भएको छ । बिहीबार नेप्सेमा सूचीकृत ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रुपैयाँको कारोबार भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६ दशमलव ५५ अंकले बढेर १,९९४ दशमलव ६० को विन्दुमा कायम भएको छ ।

आज १४० कम्पनीको शेयर मुल्य बढेको छ भने ९१ कम्पनीको शेयर मुल्य घटेको छ । सबैभन्दा बढी धक्का व्यापार उपसूचकलाई पुगेको छ । जुन २६.५५ अंकले ऋणात्मक हुन पुगेको छ । निर्जीवन बीमा ५५.७१ अंकले बृद्धि हुँदा विकास बैंक उपसूचकमा ५२.११ अंकको बृद्धि भएको छ । यस्तै, हाइड्रो पावर, उत्पादन तथा प्रशोधन र अन्यतर्फ पनि दोहोरो अंकको बृद्धि भएको छ ।