बीमा प्राधिकरणले तय गर्यो जीवन बीमा अभिकर्ताको परीक्षा मिति


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको पाँचौं चरणको परीक्षाको मिति सार्वजनिक गरेको छ । मंसिर २९ गतेबाट अभिकर्ताको परीक्षा संचालन गर्न लागेको प्राधिकरणले सूचना मार्फत जनाएको छ। प्राधिरकणले गत कार्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्नका लागि अनलाइन माध्यमबाट परीक्षा संचालन गर्न शुरु गरेको थियो । प्राधिरकणले मंसिर तथा पुस महिनामा हुने अनलाइन परीक्षाको मिति सार्वजनिक गरेको हो ।

प्राधिकरणले पाँचौं चरणको परीक्षा मंसिर २९ गते शुक्रबार दिउँसो १ः३० बजेबाट ३ बजेसम्म र ३ः३० बजेबाट साझ ५ बजेसम्म संचालन गर्ने भएको छ । मंसिर ३० गते विहान ११ बजेदेखि १२ः३० बजेसम्म, दिउँसो १ बजेदेखि २ः३० बजेसम्म र दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म संचालन गर्ने जनाएको छ । त्यस्तै, पुस १ गते आइतबारबाट पुस ७ गते शनिबारसम्म तालिम संचालन गर्ने जनाएको छ । उक्त तालिम विहान ८ः३० बजेदेखि १० बजेसम्म संचालन गर्ने समेत जनाएको छ ।

प्राधिकरणले वितरण गरेको प्रमाणपत्रमा बीमा ऐन २०७९ को दफा ९२ उपदफा २ को व्यवस्था बमोजिम बीमा मध्यस्थकर्ता ९अभिकर्ता०को इजाजतपत्रका लागि प्राधिकरणद्वारा सञ्चालित जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा सहभागी भई उत्तीर्णांक प्राप्त गरेमा प्रमाणपत्र प्रदान गर्दै जाने प्राधिकरणले जनाएको छ।