बाराही जंगल लज ’मस्ट इन्स्पिरेसनल इको लज’ अवार्डबाट सम्मानित


काठमाडौं- चितवनको बाराही जंगल लज २०२३ को ’मस्ट इन्स्पिरेसनल इको लज’ अवार्डबाट सम्मानित भएको छ। बाराही हस्पिटालिटीको लगानीमा चितवनमा रहेको बाराही जंगल लजलाई टफ्ट टाइगर वाइल्ड लाइफ अवार्ड अन्तर्गत सो अवार्ड प्रदान गरिएको हो।

टफ्ट टाइगरका संस्थापक जुलियन म्याथ्युज र विशाल सिंहले लजका जनरल म्यानेजर प्रकाश चन्दलाई सो अवार्ड प्रदान गरेका हुन्। जोन वेकफिल्ड मेमोरियल अवार्ड सन् २०२३ मा ’मस्ट इन्स्पिरेसनल इको लज’को रुपमा रहेको चितवनको बाराही जंगल लजलाई प्रदान गरिएको सम्मानपत्रमा जानकारी दिइएको छ।

टफ्ट टाइगर अवार्ड भारतमा सन् २०१० मा स्थापना गरिएको अवार्ड कार्यक्रम हाे। पर्यटन क्षेत्रको दीगो विकासमा उल्लेखनीय योगदान पुर्याएबापत हरेक वर्ष यो अवार्ड विभिन्न मुलुकका पर्यटकीय क्षेत्रमा योगदान पुर्याउने कम्पनीलाई दिइन्छ। जसअन्तर्गत नेपालको बाराही जंगल लजले यो अवार्ड हात पारेको हो।

बाराही जंगल लज ’टफ्ट टाइगर’ अन्तर्गत इको सर्टिफाइड लज पनि हो। यस लज २०१५ देखि हालसम्म निरन्तर उच्च स्तरको (आउटस्ट्याण्डिङ प्राक्टिस) बिधा अन्तर्गत सर्टिफाइड हुँदै आएको छ। हालै ’आइएसओ–१४००१’ बाट पनि अन्तर्राष्ट्रिय स्तरको इन्भाइरन्मेन्टल म्यानेजमेन्ट सिस्टम्स् (इएमएस) सहितको लजको रुपमा बाराही जंगल लज सर्टिफाइड समेत भएको छ।