३६ अंकले बढ्यो नेप्से , कारोबार रकम ४ अर्ब नाघ्यो



बैंकिङ्ग समाचार, काठमाडौं ।
शेयरबजार नेप्सेमा आज मंगलबार ३६.८६ अंकले बढेर बन्द भएको छ । आज मंगलबार कारोबार रकम ४ अर्ब रुपैयाँ पुगेको छ । आज २१४ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

बोटलर्स नेपाल बालाजु को शेयरमूल्य २६९.८० रुपैयाँले बढ्दै प्रतिकित्ता २९६८.४० रुपैयाँ पुगेको छ । धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर मिनरल एण्ड आयल कम्पनीको शेयरमूल्य पनि १० प्रतिशत बढेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको १५ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।