बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले क्यासवे मनी ट्रान्सफरको कारोबार बन्द गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै विप्रेषण विनियमावली २०७९ को विनियम ३१, उपविनियम १ बमोजिम कम्पनीको कारोबार बन्द गर्न लागेको बताएको हो ।
काठमाडौंको भेँडासिङमा रहेको क्यासवेलाई नेपाल राष्ट्र बैंक, विप्रषण विनियमावली, २०७९ प्रथम संशोधनसहितको विनियम–३१, उपविनियम १ बमोजिम विप्रेषण कारोबार बन्द गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको सूचनामा उल्लेख छ।
राष्ट्र बैंकले उक्त कम्पनीको कारोबार बन्दको पूर्वस्वीकृति दिन लागेकाले यसको जानकारी सम्बन्धीत सरोकारवालाहरुमा पुर्याएको हो । यस्तै कम्पनीसँग कुनै संघसंस्थाको लेनदेन भए ३५ दिनभित्र विदेशी विनिमय विभागमा जानकारी दिन अनुरोधसमेत राष्ट्र बैंकले गरेको छ ।
तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा क्यासवेको बैंक जमानत फुकुवा गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।



About Us
प्रतिक्रिया