जेबीएनएल सेक्युरिटिजको धितोपत्रसम्बन्धी कारोबार सुरु


बैंकिङ्ग समाचार, काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्युरिटिज लिमिटेडले धितोपत्र कारोबार सम्बन्धी सेवा सुरु गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहकाबीच सो कम्पनीको उद्घाटन गरी टीएमएसमार्फत धितोपत्र खरिद सेवाको सोमबार शुभारम्भ गरेका हुन्।

समारोहमा अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यवसायिक सफलताको कामना गर्दै धितोपत्र बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत कम्पनीले महत्वपूर्ण भूमिका खेल्ने बताए। यसैगरी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा कम्पनी उदाहरणीय बन्ने विश्वास प्रकट गरे।

समारोहमा ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा, कम्पनीका संचालकहरु लगायत बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबारको लागि इजाजत प्राप्त गरेको यो कम्पनीको कारोबार स्थान नयाँबानेश्वरस्थित शंखमुलमार्गमा रहेको छ ।