नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब ८४ करोड


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १५.४० अंकले घटेर एक हजार ९ सय ४८ दशमलब ५७ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज चार अर्ब ८४ करोड २७ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ८१ कम्पनीको शेयरमूल्य बढेको छ भने १५७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बोटलर्स नेपाल बालाजु लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था, दोल्ती पावर कम्पनी लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र हाथवे इनभेष्टमेन्ट नेपाल लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।