डिसहाेमद्वारा ‘आईसीसी टी–२० विश्वकप छनोट’ मा घाेषणा भएकाे पुरस्कार रकम खेलाडीलालाई प्रदान


काठमाडाैं- डिशहोमले आईसीसी टी–२० आई विश्वकप छनोट अन्तर्गत गरेको पुरस्कार घोषणाको रकम खेलाडीहरुलाई प्रदान गरेकाे छ। कम्पनीले आइतबार भैसेँपाटीमा रहेको आफ्नाे मुख्य कार्यालय परिसरमा पुरस्कार जित्ने खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेकाे हाे।

२९ अक्टोबर २०२३ देखी सुरु भएको आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो। पुरस्कारअन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीलाई १० लाख रुपैयाँ, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीलाई २० लाख रुपैयाँ प्रदान गरिएकाे डिसहाेमले जनाएकाे छ। य

यस्तै एकै खेलमा ५ विकेट लिएकाले ५ लाख, अर्धशतक बनाएकाले १ लाख, कम्तीमा ३ विकेट लिएकाले १ लाख र कम्तीमा ३५ रन बनाएकाले ५० हजार रूपैयाँ पुरस्कार पाएका छन्। यसैगरी कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइएकाे छ।

आईसीसी टी–२० आई विश्वकप एसिया छनोटअन्तर्गत सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको थियो।

पुरस्कार प्रदान कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव(पारस खड्का, मुख्य प्रशिक्षक मोन्टी देसाई, कप्तान रोहित कुमार पौडेललगायत अन्य खेलाडीहरु उपस्थित थिए ।