काठमाडाैं- राष्ट्रिय बीमा नीति २०८० मन्त्रिपरिषदले स्वीकृत गरेकाे छ। शुक्रबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले राष्ट्रिय बीमा नीति स्वीकृत गरेकाे नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए।
मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै बीमा नीति कार्यान्वयनकाे प्रक्रियामा जानेछ।
नेपालको बीमा क्षेत्रलाई मार्ग दर्शन गर्ने उद्देश्यले प्राधिकरण (तत्कालीन अवस्थामा समिति) ले बीमा नीति तयार पारेकाे थियाे। बीमा नीतिकाे उद्देश्य गरिबी न्यूनीकरण गर्ने र बीमाको पहुँच वृद्धि गरी आम सर्वसाधारणको जोखिम रक्षावरण बीमाको माध्यमबाट गर्ने रहेकाे छ।
यसैगरी नीति कार्यान्वयनका लागि आवश्यक संस्थागत संरचनाबारे पनि नीतिमा उल्लेख गरिएकाे छ। नीतिले सरकारलाई पनि गाइड गर्ने र अहिले स्वास्थ्य बीमाकाे देखिएकाे अन्याेलता हटाउन समेत भूमिका खेल्न दाबी प्राधिकरणकाे छ।
बीमा सेवामार्फत गरिबी न्यूनिकरण गर्ने र बीमाको पहुँच वृद्धि गरी आम सर्वसाधारणको जोखिम रक्षावरण बीमाको माध्यमबाट गर्ने विषय नीतिमा उल्लेख छ। बीमालाई गाउँगाउँमा पुर्याएर अधिकतम् जनताको सम्पत्ति रक्षावरण गर्ने उद्देश्यसाथ बीमा नीति ल्याइएकाे प्राधिकरणकाे भनाइ छ। राष्ट्रिय बीमा नीति जारी भइसकेपछि सोही नीतिमा निर्धारण गरिएको लक्ष्य प्राप्तिको लागि बीमा प्राधिकरण र अर्थमन्त्रालयले मिलेर काम गर्नेछन् ।
नीतिमा दीर्घकालीन लक्ष्य, मुख्य उद्देश्य र विशेष उद्देश्य परिभाषित गरिएका छन्।
यी हुन् राष्ट्रिय बीमा नीतिका मुख्य उद्देश्यहरुः
१.आधुनिक प्रविधि ल्याउने
२. प्रभावकारी नियमन गर्ने
३ .अन्तर्राष्ट्रिय मापदण्ड अनुसार चलाउने
४. बीमालाई प्रविधि मैत्री बनाउने
५. बीमाको जागरण गराउने
६.सीमान्तकृत वर्गमा जाने



About Us
प्रतिक्रिया