नेपाल एसबीआई मर्चेन्ट बैंक नवौं वर्षमा प्रवेश


काठमाडौं- नेपाल एसबीआई मर्चेन्ट बैंक नवौं वर्षमा प्रवेश गरेको छ। 

हाल बैंकले नयाँ डीम्याट खाता र मेरो शेयर खाता खोल्दा तथा नवीकरण गर्दा ‘बम्पर छुट योजना’ सञ्चालन गरिरहेकाे छ। नवौं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले उक्त छुट याेजनाकाे अवधि थप गर्ने जनाएकाे छ।

बैंकले आगामी दिनहरूमा सर्वसुलभ र ग्राहकमैत्री सेवा वृद्धि गर्दै जाने प्रतिवद्धता समेत गरेको छ।