काठमाडौं– भारतमा आयकर विभागका अधिकारीहरुले एक कांग्रेस सांसदको परिवारले सञ्चालन गरिरहेको कम्पनीमा छापा मारेको छन्। छापा मार्दा कम्पनीबाट ३५० करोड भारुभन्दा बढी नगद बरामद भएको छ।
स्रोत नखुलेको रकम फेला पारेपछि अनुसन्धान भइरहेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ।
पीटीआईका अनुसार स्रोत नखुलेको उक्त रकम भारतमा नगद भेटिएको अहिलेसम्मकै धेरै हो।
अधिकारीहरुले कांग्रेस राज्यसभा सांसद धीरज साहूको परिवारले सञ्चालन गरिरहेको मदिरा बनाउने डिस्टिलरी कम्पनी छापा मारेका थिए।
साहू २०१८ झारखण्डबाट राज्यसभामा निर्वाचित भएका थिए। त्यसअघि २००९ र २०१० मा पनि उनी सोही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए। उनले उक्त रकमका विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन्।



About Us
प्रतिक्रिया