बैंक अफ काठमाण्डूका ग्राहकलाई लेवी रेस्टुरेन्टमा १०% छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई लेवी रेस्टुरेन्टमा १०% छुट


बैकिङ्ग समाचार ।
बैंक अफ काठमाण्डू लिमिटेड र लेवी रेस्टुरेन्ट बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् बैंकका ग्राहकले लेवी रेस्टुरेन्टका सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०% छुट पाउनुे बताइएको छ ।

सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी लेवी रेस्टुरेन्टका प्रमुख सुदर्शन पौडेलले हस्ताक्षर गरेका छन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।