राष्ट्र बैंकले बोलायो बोर्ड बैठक


नेपाल राष्ट्र बैंकले मंगलबारको सञ्चालक समितिको बैठक बोलाएको छ । बोर्डका सञ्चालक समितिका सदस्यले मंगलबार बोलाइएको बारे जानकारी दिएका छन् ।

मौद्रिक नितिको बिषय नै हुने हो वा अन्य मंगलबार नै जानकारी हुने उनले जानकारी दिएका छन् ।

चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने समय सकिएको भन्दै चौतफी आलोचना हुँदैछ । मौद्रिक नीतिको समीक्षा गर्ने समयमा चाडपर्व परेको कारण पनि समीक्षामा केहि ढिलाई भएको उनले जानकारी दिए ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको लागि विभागीय तहबाट सम्पूर्ण तयारी सकाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अहिले समीक्षाको लागि उच्च व्यवस्थापन तहमा छलफल भइरहेको केन्द्रीय बैंक स्रोतले बताएको छ । उच्च व्यवस्थापन तहमा छलफल भएपश्चात मंगलबार सञ्चालक समितिले पारित गरेपछि समीक्षा सार्वजनिक गरिने भएको कारण शून्य एजेण्डाको साथै बोर्डका पदाधिकारीहरुलाई डाकिएको छ।

बैंकर, व्यवसायी, शेयर लगानीकर्ता लगायत सरकारको समेत चासोका रुपमा हेरिएको उक्त समिक्षाले वर्तमान वस्तुस्थितिको समिक्षा गर्ने भएकाले यसबाट धेरै अपेक्षा गर्न नहुने उनी बताउँछन् ।